अर्थ

नयाँ वर्षको अवसरमा नेपाल बैङ्कको विशेष अफर

नेपाल बैङ्क लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालि बीच बैङ्कमा खाता रहेका ग्राहकलाई नयाँ वर्षको अवसरमा छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैङ्कले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग पहिलो पटक साझेदारी गरेको जनाएको छ। सम्झौता अनुसार दराज मार्फत सामानखरिद गर्दा डेबिट कार्डलाई १० प्रतिशत र क्रेडिट कार्डको माध्यममार्फतको अग्रीम भुक्तानीमा १५ प्रतिशत छुट हुने बैङ्कको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७८ ००:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App