अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले बिर्तामोड स्थित राउण्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिकपूर्वाधार निमार्ण गर्नका लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

बैङ्कले बिर्तामोडस्थित राउण्ड टेबल नेपाललाई एक कार्यक्रमका बीच दुई लाख रूपैयाँको चेक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। उक्त सहयोगबाट यस विद्यालयका विद्यार्थीलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकको छ।

प्रकाशित: २२ चैत्र २०७८ ०२:४८ मंगलबार

मुक्तिनाथ विकास बैंक