अर्थ

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ। टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्रीपछि मर्मत योजनाको रूपमा यो योजना ल्याएका हो।

केयर प्लसमा सवारी मर्मत, ह्विल अलाइनमेन्ट र सवारी साधनको धुलाइसहित निर्धारित सेवाहरू समावेश गरिएको छ। 

जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५ हजार पाँच सय किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्। यो योजना सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०२:१० सोमबार

सिप्रदी ट्रेडिङ प्रालि टाटा मोटर्स नेपाल बिक्रीपछि मर्मत योजना