अर्थ

कुमारी बैंक २१ औं वर्षमा

कुमारी बैंक लिमिटेड आइतबारदेखि २१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।

बैंकको वार्षिक उत्सवका अवसरमा आइतबार बैंकको कार्ड मार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २१ सय रूपैयाँसम्म रकम फिर्ता गरिने छ।

यो सुविधा एटिएमबाट पैसा झिक्दा लागु हुनेछैन। त्यस्तै कुमारी स्मार्ट मोबाइल बैंकिङ प्रयोग गरी पहिलो पटक मोबाइल टप अप गर्दा वा आइतबार पहिलो क्युआर भुक्तानी गर्दा अधिकतममा दुई सय १० रूपैयाँसम्मको क्यासब्याक प्राप्त हुनेछ। 

प्रकाशित: २० चैत्र २०७८ ०४:२७ आइतबार

कुमारी बैंक लिमिटेड वार्षिक उत्सवका अवसर