अर्थ

टिसिएलको नयाँ वर्ष योजना

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात योजना’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले टेलिभिजनको खरिदमा ५९ हजार रूपैयाँ सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा १९ हजार रूपैयाँको छुटका साथै एक थान टिभी स्टिक पनि उपहार पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा २७ हजार चार सय रूपैयाँसम्मको छुटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पाउन सक्नेछन्।

यस्तै रेफ्रिजेरेटरको खरिदमा भने ३३ हजार चार सय रूपैयाँको छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पाउन सक्नेछन्। त्यसै गरी एअर कण्डिसनरको खरिदमा ५३ हजार सात सय रूपैयाँसम्मको छुटका साथै चार हजार रूपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्।

साथै वाटर डिस्पेन्सरको खरिदमा चार हजार नौ सय रूपैयाँ सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार आठ सय रूपैयाँसम्मको छुट पाउन सक्नेछन्। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एण्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० चैत्र २०७८ ०१:४६ आइतबार

टिसिएलको नयाँ वर्ष योजना होम इन्टरटेनमेन्ट एअर कण्डिसनर