अर्थ

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ।

कम्पनीले हिमाल सफाइका लागि नेपाली सेनालाई आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ। नेपालमा पर्वतारोहणका लागि खुला गरिएका हिमालहरू (खास गरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान नेपाली सेनाद्वारा सञ्चालन गरिएको हो।

नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ/संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरूको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताएका छन्।

त्यस्तै नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्व मानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रूपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको उल्लेख गरेका छन्।

उक्त सम्झौतामा इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरी र नेपाली सेनाका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले हस्ताक्षर गरेका छन्।  

प्रकाशित: २० चैत्र २०७८ ०१:०३ आइतबार

सामाजिक उत्तरदायित्व नेपाल लाइफ इन्स्योरेन्स खुला गरिएका हिमालहरू