बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जलयात्रा (र्याफ्टिङ) सन्चालनमा आएको छ। राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ संचालनमा ल्याएको हो।
साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उद्घाटन गरे। उद्घाटन संगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले साहसिक जलयात्रा पनि गरेका छन्।
साहसिक जलयात्राको दूरी कुसुम बैरियादेखि अगैयासम्म करिव २७ किलोमिटर रहेको छ। पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्री पर्यटन प्रवर्द्धन गर्न साहसिक जलयात्रा सुरु गरिएको मन्त्री चौधरीले बताए।
प्रकाशित: १८ चैत्र २०७८ ०९:३३ शुक्रबार