अर्थ

समिट वुमन अफ द इयर २०२२ सम्पन्न

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ।

३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा समाजमा सकारात्मक प्रभाव पार्न सफल महिला उद्यमी मध्ये एक जनालाई पुरस्कृत गरिएको छ। सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन दिएका थिए। ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १८ चैत्र २०७८ ०२:३३ शुक्रबार

सकारात्मक प्रभाव ओपन स्पेस नेटवर्क समिट वुमन अफ द इयर २०२२