अर्थ

मङ्गलम सिपिभिसी प्लस पाइपलाई नेपाल गुणस्तर चिह्न

नेपालको पहिलो सिपिभिसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सिपिभिसी प्लस पाइपले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ। कम्पनीका उत्पादनहरू एसडिआर ११ र एसडिआर १३.५ लाई नेपाल गुणस्तर चिह्न ५७० प्रदान गरिएको हो।

बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको सिपिभिसी र एचडिपिई पाइपले भने पहिलेदेखि नै नेपाल गुणस्तर चिह्न पाइसकेको कम्पनीले जनाएको छ।

गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादहरूलाई गुणस्तरको मानकको रूपमा यो चिह्न प्रदान गर्दै आएको छ। नेपाल गुणस्तर चिह्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ र यो चिह्न पाएका उत्पादनहरू गुणस्तरीय र नेपाली बजारमा बिक्री योग्य मानिन्छन्।

प्रकाशित: १७ चैत्र २०७८ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App