अर्थ

नेपाल बैंकको “ग्लोबल मनि विक”

नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँपुर्‍याउने, हरेक वर्ग र क्षेत्रका मानिसहरूमा वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

ग्लोबल मनि विक २०२२ अन्तर्गत बैंकका सात वटै प्रदेशका शाखाले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरू लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७८ ०२:२४ बिहीबार

नेपाल बैंक वित्तीय साक्षरता कार्यक्रम ग्लोबल मनि विक