अर्थ

सिटिजन्सको ग्लोबल मनी सप्ताह

सिटिजन्स बैंकले ग्लोबल मनी सप्ताह २०२२ को उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

सातै प्रदेशमा सञ्चालन गरेको यस कार्यक्रममार्फत वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत जानकारी गराएको बैंकले जनाएको छ। साथै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत यस अभियानमा जोडिएकाहरूलाई जानकारी गराइएको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १६ चैत्र २०७८ ०२:१८ बुधबार

ग्लोबल मनी सप्ताह