अर्थ

महालक्ष्मी बैंकद्वारा डस्टविन सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ।

उक्त शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको जनाएको छ। नगरपालिकामा चुनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जानकारी बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:४४ बुधबार

महालक्ष्मी बैंक डस्टविन सहयोग