अर्थ

बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

महमुदा खातुनकी छोरी मसउदा खातुनलाई दुर्घटना बीमा बापतको एक लाख रूपैयाँ प्रदान गरेको बैंकले जनाएको छ। महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन्। उनको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। हाल बैंकले एक सय शाखा, १० एक्सटेन्सन काउन्टर  तथा ८४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आको छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:१४ बुधबार

बीमा भुक्तानी एटिएममार्फत बैंकिङ सेवा बङ्गलादेश बैंक