कोका–कोला नेपालले आफ्नो नयाँँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ। अब नेपाली उपभोक्ताले यो क्रिस्प स्पार्किलङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।
नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने विश्वास कम्पनीले राखेको छ।
यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा रहेको समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नेपालमा फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ। फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ।
प्रकाशित: १५ चैत्र २०७८ ०३:५० मंगलबार