अर्थ

ग्लोबलको मोवाइल बैंकिङ मार्फत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपालसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पेटिएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुखकार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमावारपार)भुक्तानी सम्भव हुने बैंकको विश्वास छ। सम्झौताले नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७८ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App