अर्थ

एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै नयाँ क्यालेण्डर सार्वजनिक गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त क्यालन्डर सार्वजनिक गरेका हुन्। हाल बैंकले एक सय १२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, एक सय ४५ एटीएम मार्फत बैंकिङ सेवा दिदै आएको छ।

प्रकाशित: १३ चैत्र २०७८ ०६:०४ आइतबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एभरेष्ट बैंक लिमिटेड क्यालेन्डर सार्वजनिक