अर्थ

नेपाल लाइफ आधुनिक पाठशाला

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘ नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रूपमा उक्त 'नेपाल लाइफ पाठशाला' को समुद्घाटन गरेका छन्।

प्रशिक्षण कक्षबाट गुणस्तरीय तालिमको पूर्वाधारहरूलाई क्षेत्रीय स्तरमा समेत विस्तार गर्न सहज हुने र भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने कम्पनीको विश्वास छ।

त्यस्तै अभिकर्ता तथा कर्मचारीको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको लागि समेत प्रशिक्षण कक्ष कोशेढुङ्गा सावित हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ चैत्र २०७८ ०५:१२ आइतबार

नेपाल लाइफ इन्स्योरेन्स गुणस्तरीय तालिमको पूर्वाधारहरू व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धि