अर्थ

भक्तपुर मदिरा संघको अध्यक्षमा छुस्याकी

भक्तपुर मदिरा व्यवसायी संघको अध्यक्षमा जीवन छुस्याकी चुनिएका छन्। संघको शनिबार भक्तपुरमा सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले छुस्याकीको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति चुनिएको हो।

नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा कृष्णराम खोजु, सचिवमा सरोज खिमु श्रेष्ठ र कोषाध्यक्षमा विश्वनाथ हेङ्गजु निर्वाचित भएका छन्। साथै सदस्यहरुमा शिवसुन्दर श्रेष्ठ, मुकण्दवहादुर प्रधानाङ्ग, ओम मल्ल, बलवहादुर श्रेष्ठ र विनोद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन्।

प्रकाशित: १२ चैत्र २०७८ १३:०९ शनिबार