सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उक्त शाखाको उद्घाटन गरेका छन्।
शाखा विस्तारसँगै उक्त क्षेत्रका नागरिकलाई सहज वित्तीय पहुँच सहयोग हुने बैंकको अपेक्षा छ। हाल बैंकले १ सय २५ कार्यालय र १ सय १४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
प्रकाशित: १० चैत्र २०७८ ०३:०८ बिहीबार