अर्थ

ग्लोबल आइएमई बैंकको सेवा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा सञ्चालनमा ल्याएको छ।

साबिकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखा बनाएको बैंकले जनाएको छ। उक्त शाखाले त्यहाँका वासिन्दा, किसान तथा व्यवसायीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न सहज हुने बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो।

बैंकले पर्साको वीरगन्ज महानगरपालिका, वडा नम्बर १५, बाइपास रोडमा पनि नयाँ शाखा सञ्चालनमा गरेको जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०४:०६ मंगलबार