इस्लिङ्टन कलेज स्थापनाको २५ वर्ष पूरा गरेको छ। कलेजले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रम मार्फत पछिल्लो २५ वर्षदेखि शिक्षाको क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई स्मरण गराएको छ।
२५ वर्षदेखि शैक्षिक र व्यावसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन आएको जनाउँदै कलेजले सन् १९९६ मा स्थापना भएको इस्लिङ्टन आइटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ। तीन सयभन्दा बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्। २५ वर्षको यो अवधिमा कलेजले ५५ सयभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ।
यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरू नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएको समेत कलेजको दाबी छ। स्वदेशमा मात्र नभई विदेशमा पनि उनीहरूको प्रदर्शन अब्बल दर्जाको हुने गरेको छ। कलेजले आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार मार्फत शैक्षिक सेवा दिँदै आएके छ।
नविन शिक्षाको सुरुआत गरेको कलेजले सिकाइ र पढाइमा नौलोपन ल्याउने मात्र हैन नयाँनयाँ सोचको विकास समेत गर्दै आएको दाबी गरेको छ। आइटी र व्यवस्थापन संकायमा कलेजले बर्सेनि र बजार सुहाउँदो जनशक्ति उत्पादन गर्दै आएको छ।
प्रकाशित: ७ चैत्र २०७८ ०३:०९ सोमबार