अर्थ

धनकौली पोखरवाघाटमा झोलुंगे पुल शिलान्यास

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित धनकौलीको घोराही नाला पोखरवाघाटमा झोलुंगे पुलको शिलान्यास गरिएको छ।

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले पूजापाठ गरी निर्माण स्ललमा ईटा राखेर पुलको शिलान्यास गरेका हुन्। झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, नगरपालिका स्थानीय लागत सहभागितामा झोलुंगे पुल निर्माण सुरु गरिएको हो।

सो अवसरमा महामन्त्री आचार्यले झलुगें पुल निर्माणले धनकौलीमा रहेको एक दर्जन गाउँवासीलाई आउ-जाउमा सुविधा हुने बताए। उनले झोलुंगे पुल निर्माण भएपछि तरकारी उत्पादनमा जिल्ला मै लोकप्रिय रहेको धनकौलीका कृषकहरु लाभांवित हुने बताए।

सो अवसरमा मेयर श्रेष्ठले पुल निर्माण भएपछि यस क्षेत्रको आर्थिक गतिविधि बढेपछि कृषकहरुलाई टेवा पुग्ने पनि बताए। ४५ लाख ६५ हजार रूपैयाँमा बन्न लागेको उक्त पुलको कुल लम्बाई ५५ मिटर रहेको लिडो संस्थाको कार्यक्रम संयोजक मोहरतप्रसाद कुर्मीले बताए।

जसमध्ये क्षेत्रगत कार्यक्रमबाट ३६ लाख ४९ हजार रूपैयाँ, नगरपालिकाबाट ५ लाख ९३ हजार रूपैयाँ र उपाभोक्ता श्रमदान ९१ हजार रहेको छ। पुलको निर्माण स्थानीय अगुवा कृषक बहराईची केटलको अगुवाईमा उपभोक्ता समितिले गर्नेछ भने, स्टीलको काम एग्रो निर्माण सेवा बुटवलले गर्नेछ।

उपभोक्ता समितिका संयोजक तथा अगुवा कृषक केवटले पोखरवाघाटमा झोलुंगे पुल निर्माण सुरु भएपछि धनकौलीका कृषकहरुमा खुशीयाली छाएको बताए। अब देवपुरादेखि अन्य वडामा रहेका गाउँमा आउ-जाउ गर्न सजिलो हुने उनले बताए। ‘हामी कृषकलाई यसले धेरै सुविधा पुग्ने छ, हामीले उत्पादन गरेका कृषि उपजहरु बिक्री वितरणमा समेत सहजता आउनेछ,’ उनले भने।

प्रकाशित: ५ चैत्र २०७८ १३:०९ शनिबार