अर्थ

सिटिजन्स बैंकको छुट योजना

डिजिटल बैकिङले १५औं वार्षिकोत्सव अवसरमा छुट र क्यास ब्याक लगायत योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत एक हजार रूपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ट दुई सय रूपैयाँ क्यास ब्याक दिइने छ।

यसैगरी पहिलो पटक क्यु आर कोडमार्फत  भुक्तानी गर्ने ग्राहकका लागि एक सय रूपैयाँको क्यास ब्याक प्रदान गरिने व्यवस्था गरिएको छ। डिजिटल भुक्तानीको अर्को माध्यम ई–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा ई–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउनेछ। 

त्यस्तै, पाँच लाख रूपैयाँसम्मको दुर्घटना मृत्यु बिमा तथा पचास हजार रूपयाँसम्मको स्वास्थ्य बिमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै  पनि बैंकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७८ ०२:३० शुक्रबार

डिजिटल बैकिङ क्यु आर कोडमार्फत भुक्तानी डिम्याट खाता