अर्थ

होलीको अवसरमा गज्जबका दैनिक जिबी प्याक

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जिबी प्याकअन्तर्गत नयाँ डेटा प्याक ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जिबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकमा पनि भोल्युम बढाएको छ।

ग्राहकले अब करसहित मात्र एक सय २९ रूपैयाँमा सात जिबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म एक जिबी डेटा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी १४ जिबी अल टाइम डाटा प्याक मात्र एक सय ९९ रूपैयाँमा लिएर सात दिनसम्म दैनिक दुई जिबी डेटा प्रयोग गर्न सकिनेछ।

यी दुई दैनिक जिबी डेटा प्याकबाहेक एनसेलले पहिला नै सञ्चालनमा रहेका डेटा प्याकमा डेटा भोल्युम पनि बढाएको छ। यसअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा थप भोल्युमसहित डेटा प्याकबाट फाइदा लिन सक्नेछन्। भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत एक सय रूपैयाँमा १०.५ जिबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन्। पहिला यही शुल्कमा ग्राहकले दैनिक एक जिबीका दरले सात दिनसम्म कुल सात जिबी पाइरहेका थिए।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र दुई सय ६९ रूपैयाँमा २१ जिबी डेटा हरेक दिन ३ जिबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन्। यसअघि ग्राहकले सोही मूल्यमा १४ जिबी डेटा हरेक दिन दुई जिबीका दरले सात दिनसम्म पाइरहेका थिए।

प्रकाशित: ३ चैत्र २०७८ ०२:४६ बिहीबार