अर्थ

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।

जसअन्तर्गत ग्राहकलाई पाँच पटक जित्ने मौका दिँदै छ। बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा एक हजार रूपैयाँको छुट पाउनका लागि योग्य भइनेछ।

त्यस्तै, बजाजको सोरुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि ५० हजार रूपैयाँसम्म छुट, बाइक किन्ने प्रक्रिया फेसबुकमा पोस्ट गरेबापत, सोरुममा गएर बाइक रोजे बापत र किन्नलाई बुकिङ गर्दा पाइने एक लाख रूपैयाँसम्मको छुट कुपन यो अफरबारे अरूलाई रिफर गरिए र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्री सर्भिसिङ प्रदान गरिने र बम्पर पुरस्कारस्वरूप १० लाख रूपैयाँसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७८ ०२:१६ बुधबार

बजाज अटोमोबाइल्स हंसराज हुलास चन्द एन्ड कम्पनी बजाजको विज्ञापन