अर्थ

सनराइज बैंकको थप विशेषतासहित स्वास्थ्य योजना

सनराइज बैंकमा बचत गर्दा ग्राहकले बचत र ब्याज मात्र होइन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्।

बैंकले मंगलबार सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन लागेको हो। बैंकले स्वास्थ्य बिमाअन्तर्गत अस्पताल भर्ना र ओपिडी खर्च गरी एक लाख रूपैयाँसम्मको बिमा दिएको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त बिमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनेछ। साथै पाँच लाख रूपैयाँसम्म दुर्घटना बिमा पनि दिइएको छ। पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्चसमेत स्वास्थ्य योजनाअन्तर्गत दाबी गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७८ ०१:३८ बुधबार

सनराइज बैंक स्वास्थ्य योजना अस्पताल भर्ना र ओपिडी खर्च