अर्थ

टिभिएस रेडर १२५ लाई आइएमओटिवाई उपाधि

टिभिएस रेडर १२५ ले इन्डियन मोटरसाइकल अफ दी इयर (आइएमओटिवाई) उपाधी पाएको छ। टिभिएस रेडर १२५ ले आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययी, उत्कृष्ट कार्य सम्पादन क्षमताका आधारमा पाँचवटा कडा प्रतिस्पर्धी मोटर साइकललाई पछि पार्दै प्रतिष्ठित भारतीय अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।

यस वर्ष टिभिएस रेडरले भारतीय बजारको दुईपांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्री सहित अग्रता राखेको पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यसले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको कम्पनीको दाबी छ। जगदम्बा मोटर्सले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरेको यो बाइक नेपालमा पनि उल्लेख्य संख्यामा बिक्री भइरहेको कम्पनीको दाबी छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:४९ सोमबार

जगदम्बा मोटर्स इन्धन मितव्ययी टिभिएस रेडर १२५