अर्थ

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।

उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले सम्बोधन मन्तव्य र महासंघकी कार्यकारी सदस्य हेमा विष्टले कार्यक्रमलाई सहजीकरण गरेका थिए।

उक्त सामूहिक छलफलमा महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवाली, होटल एसोसिएसनकी अध्यक्ष सृजना राणा, इर्मजकी कार्यकारी प्रमुख मोना श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सह–सचिव नारायणप्रसाद शर्मा दुवाडी, अनुपा अर्याल पन्त, सुनेना ठाकुर लगायत विभिन्न क्षेत्रका सफल व्यक्तित्वले आफ्नो व्यावसायिक यात्राका क्रममा आइपरेका लैंगिक चुनौतीहरू र तिनीहरूलाई कसरी पार गर्दै अगाडि बढियो भन्ने विषयमा अनुभव राखेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७८ ०२:१६ बिहीबार

महिला उद्यमी महासंघ व्यावसायिक यात्रा अन्तर्राष्ट्रिय महिला दिवस–२०२२