अर्थ

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।

हिरालाल केडियाको संरक्षणमा रहेका केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाले सेवा दिँदै आइरहेका छन्। हिरालाल मारवाडी सेवा ट्रस्टका अध्यक्षसमेत रहेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७८ ००:५१ बिहीबार

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन विभिन्न सामाजिक संघसंस्था