अर्थ

सुनको मूल्य: ताेलाकाे एक लाख तीन हजार पुग्याे

सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०६:०० मंगलबार

सुनको मूल्य