अर्थ

सहकारीलाई लक्षित गरी कुप कार्ड जारी हुने

ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारी पहिचानसहितको कुप कार्ड जारी गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतामा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँ हस्ताक्षर गरेका छन्।

बढ्दै गएको सहकारीको भूमिका र कारोबारलाई ध्यानमा राखी सहकारीले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्नसक्ने प्रविधि र प्रकियाका लागि ग्लोबल बैंकको प्रायोजनमा कपी कार्ड जारी गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०२:२३ मंगलबार