अर्थ

एनएमबि बैंकको मालपोतलक्षित काउन्टर

एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ।

 बैंकले शुक्रबारदेखि मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। हाल बैंकले देशभरका १० एक्सटेन्सन काउन्टर, दुई सय एक शाखा र एक सय ३९ एटिएममार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०२:१५ मंगलबार

एनएमबि बैंक