अर्थ

माउन्टेन ड्युको प्रचार अभियान पुनर्स्थापित

माउन्टेन ड्युले डरको अगाडि जित छ भन्ने आदर्श वाक्यलाई अनुपविक्रम शाहीसँग नयाँ प्रचार अभियानमा पुनर्स्थापित गरेको छ।

आँट र जोसमा सदा साथ दिने माउन्टेन ड्यु नेपालका युवाहरूलाई आफूभित्रको सीमा तोड्न अनि डर तथा आत्म शंकाबाट बाहिर निस्कन यो वर्ष ‘डरको अगाडि जित छ’ नामक प्रचार अभियानमार्फत प्रेरित गर्न तम्तयार भएको हो। यो पेय पदार्थले ब्रान्ड सद्भावनादूत अनुपविक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोसिलो विज्ञापन सार्वजनिक गरेको छ।

रोमाञ्चकतालाई थप उचाइमा पुर्‍याउँदै यो विज्ञापनको छायांकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको छ। यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडि बढ्ने भन्ने दुई विकल्पलाई देखाएर माउन्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ। 

डरको अगाडि जित छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको सुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सूक्ष्म दृष्टिबाट हुन्छ, जहाँ अनुपले विश्व रेकर्ड कायम गर्न भारी दर्शकहरूका सामुन्ने डरलाग्दो स्टन्ट दिँदै गरेका हुन्छन्।

आफ्नो अगाडि आएको विकल्पलाई मूल्यांकन गरेर अनुपले माउज्टेन ड्युको एक चुस्की लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरूलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन्।

प्रकाशित: २२ फाल्गुन २०७८ ०२:०८ आइतबार

माउन्टेन ड्यु डरको अगाडि जित छ शक्तिशाली जीवन दर्शन