अर्थ

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।

यो सम्झौतासँगै विश्वविद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारी सम्पूर्णको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गरी एटिएमकार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट, जुनसुकै प्रकारको कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, डिम्याट, मेरो सेयर रजिस्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराइनेछ।

त्यस्तै, कर्मचारीलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्नेलगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट यस बैंकको अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना निःशुल्क ट्रान्सफर गरिने, विश्वविद्यालय परिसरमा एटिएम मेसिन, बैंकको शाखा स्थापना गरी बैंकले सेवा प्रदान गर्नेलगायत विविध बैंकिङ सेवा एवं सुविधाहरू उपलब्ध गराउने समेत सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ फाल्गुन २०७८ ०२:०० आइतबार

पोखरा विश्वविद्यालय नेपाल बैंक तलबी खाता