अर्थ

दराज र आइएमई पेबीच साझेदारी

अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ। सम्झौतामा दराजका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरूण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशतसम्मको अतिरिक्त छुट लिन सक्नेछन्। साथै दराजलाई आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशतसम्मको अतिरिक्त छुट हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: १९ फाल्गुन २०७८ ०२:०३ बिहीबार

दराजले आइएमई पे