अर्थ

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ मंगलबार  प्रतितोलामा ६ सय रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०५:३४ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ