अर्थ

एनएमबि बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरसँग द्विपक्षीय समझदारी गरेको छ। उक्त सम्झौताबाट बैंकका ग्राहक तथा परिवारजनले विशेष छुट तथा सहुलियत पाउनेछन्।

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ।

समझदारीपत्रमा एनएमबि बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका निर्देशक रिचा श्रेष्ठले हस्ताक्षर गरेका छन्। हाल बैंकले दुई सय एक शाखा, एक सय ३९ एटिएम, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०४:२८ मंगलबार

एनएमबि बैंक