अर्थ

एभरेस्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेस्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ। बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो।

सम्झौतासम्बन्धी पत्रमा बैंकका सिइओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए। हाल बैंकले एक सय १३ शाखा, ३१ राजस्व संकलन काउन्टर, एक सय ४६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०४:१२ मंगलबार

एभरेस्ट बैंक लिमिटेड