अर्थ

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको पुतलीसडक र चाबहिल शाखाको आयोजनामा सोमबार गौशालास्थित नेपाल मानव धर्म सेवा समितिलाई एक सय ५५ वटा कुर्सी हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। 

हिन्दुहरूको महान् उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा  नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको छ।

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तीर्थालु तथा भक्तजनहरूलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय तीन शाखाहरूमार्फत करिब ६ लाखलाई बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०४:०२ मंगलबार

महालक्ष्मी विकास बैंक