अर्थ

जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।

संस्थाले थ्री जिरो क्लब तथा नव बिहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न बस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतलगायत केन्द्रीय कार्यालयका कर्मचारी, जिल्ला प्रमुख, शाखा प्रमुख तथा शाखाका कर्मचारी, नव बिहानी समूहका सदस्य, थ्री जिरो क्लबका सदस्य, वित्तीय संस्थामा आबद्ध सदस्य, स्थानीय संघसंस्था तथा स्थानीय समुदाय गरी तीन सयभन्दा बढीको सहभागिता रहेको थियो।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। हाल संस्थााले एक सय ४६ वटा शाखाबाट सेवा दिँदै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०३:५२ मंगलबार

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड