अर्थ

नेपाल इन्भेस्टमेस्ट बैंक ३७ वर्षमा

नेपाल इन्भेस्टमेन्ट बैंकले ३६ वर्ष पूरा गरेको छ। देशभर ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित एकाइ र १३१ एटिएममार्फत १२ लाखभन्दा बढी ग्राहक सेवा दिइरहेको जनाएको छ।  

वार्षिकोत्सवका अवसरमा रक्तदान, बृद्धाश्रम/बालगृहमा खाना वितरण, धार्मिक क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री वितरण, खेलकुद, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’ विमोचन जस्ता कार्यक्रम बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयले सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०२:२९ सोमबार

नेपाल इन्भेस्टमेस्ट