अर्थ

जोडी खोज्न ‘बिहे नेपाल’ एप्स

विदेशीमुलुकमा जस्तै डेटिङ एप्स ‘बिहे नेपाल’  नेपालमा पनि सञ्चालनमा ल्याइएको छ। देशविदेशमा रहेका एकल नेपाली युवायुवती लक्षित गरेर ‘बिहे नेपाल’ एप्स राजधानीमा विहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। 

गायिका अभया सुब्बा,रावा इन्कर्पाेरेटेड प्रालीका को फाउन्डरद्वय श्रद्धा कटुवाल,श्रेया कटुवाल लगायतले बिहे नेपाल एप्सको शुभारम्भ गरेका थिए। रावा इन्कर्पाेरेटेड प्रालीले दीर्घकालिन रुपमा साथीको खोजीमा रहेका युवायुवती तथा एकल महिला तथा पुरुषलाई लक्षित गरेर डेटिङ एप्स ल्याएको हो।  

रावा इन्कर्पाेरेटेड प्रालीका कोफाउन्डर श्रद्धा कटुवालले आफ्नो जीवनसाथीको खोजीमा रहेकाहरुलाई लक्षित गरेर बिहे नेपाल एप्स सञ्चालनमा ल्याइएको बताइन्।‘डेटिङ एप्स विदेशीमुलुकमा धेरै चलनमा रहेका छन्।तर,हामीले बिल्कुलै नेपाली युवायुवतीलाई लक्षित गरेर भरपर्दाेखालको डेटिङ एप्स सञ्चालनमा ल्याएका हौं।’  

कम्पनीले नेपाली समाजमा विवाह र दीर्घकालिन सम्बन्धको माग र अपेक्षा अनुसार नै बिहे नेपाल सञ्चालनमा ल्याइएको जनाएको छ। कम्पनीले बिहे नेपाल एप्स प्लेस्टोर र एप्स स्टोर दूवैमा उपलब्ध भएको जनाएको छ। कम्पनीले गत कार्तिक १० गते देखि एप्सको ट्रयाल गर्दै आइरहेको थियो। अहिले यो बिहे नेपाल एप्समा तीन हजारभन्दा धेरै सेवाग्राही सक्रिय रुपमा रहेका छन्। कम्पनीका अनुसार यो एप्स निशुल्क रुपमा प्रयोग गर्न सकिनेछ।  

कम्पनीका अनुसार नेपाली समाजलाई उपयोगी हुने गरी तयार गरिएको डेटिङ मेट्रीमोनियल एप्प हो। यसले दीर्घकालिन सम्बन्ध खोजिरहेका अविवाहित तथा  अन्य एकल महिला तथा पुरुषलाई भरपर्दाे प्लेटफर्म उपलब्ध गराउनेछ। यो एप्स प्रयोगकर्ताले जीवनसाथीप्को खोजीमा सक्रिय रहेका प्रयोगकर्ताको उमेर र आवश्यकता अनुसार नै खोज्न सक्नेछन्। कम्पनीले एप्सप्रयोगकर्ताले सुरुमा नागरिकता तथा सवारीचालक अनुमतिपत्रको  परिचय राखेर वास्तविक परिचयसहित प्रवेश गर्नेछन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:४९ शुक्रबार

‘बिहे नेपाल’ डेटिङ एप्स