अर्थ

आठ सयमा ७५ एमबिपिएस इन्टरनेट र भायाटिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ। अब मासिक आठ सय रूपैयाँमा ७५ एमबिपिएसको इन्टरनेट प्याकेजसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी भायानेटले यो मिनी प्याक उपलब्ध गराएको छ। यस अफरमार्फत ग्राहकले उच्च गतिको इन्टरनेटका साथसाथै मनोरञ्जनात्मक च्यानलको लाभ लिन सक्नेछन्। भायाटिभीमा एक सय ७५ बढी च्यानल, चलचित्र र टेली शृंखला हेर्न सकिनेछ।

यसअघि भायानेटले मिनी प्याकमा ७५ एमबिपिएस हाई स्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जिबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि आठ सय रूपैयाँ प्रतिमहिनामा यो अफरको मज्जा लिन सक्ने कम्पनीको दाबी छ।

उच्च गतिको इन्टरनेटका अन्य योजनाहरू अन्तर्गत भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ। अल्ट्रा–फाई प्याकको मुख्य विशेषता भनेको एक सय ७५ एमबिपिएस इन्टरनेट योजना हो, जसको सब्स्क्रिप्सनमा २ वटा भायाटिभी पनि उपलब्ध छन्। यसको मूल्य १२ सय ५० रूपैयाँ प्रतिमहिना रहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:३० शुक्रबार

भायानेट मनोरञ्जनात्मक च्यानल अल्ट्रा–फाई प्याक