अर्थ

आयोनिक–५ बिक्री सुरु

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ विक्री सुरु गर्दै छ। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा तयार गरिएको नयाँ आयोनिक–५ विश्वभर चर्चामा रहेको मोडल भएको कम्पनीले जनाएको छ।

हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाएको थियो। आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइन अप अन्तर्गत ‘स्पेसलाइज्ड इजिएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’ मा बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

आयोनिक–५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ। हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ। साथै यो कारमा सोलार वा भिजन रूफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भोइस रिकग्निसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारका लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ। इभीका लागि मात्रै बन्ने सोरुममा अहिले विक्री भइरहेको कोना, आयोनिक र आयोनिक–५ राखिनेछ। कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेसनको विस्तार गर्ने तयारी गरिरहेको छ। कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट अटोमोबाइल सेवा दिइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:०९ शुक्रबार

हुन्डाई मोटर्स लक्ष्मी इन्टरकन्टिनेन्टल अटोमोबाइल सेवा