ताप्लेजुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मनोनयनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध भएको छ। यद्यपी निर्वाचन समितिले औपचारिकरुपमा घोषणा भने गरेको छैन। अध्यक्षमा नारायण थापा र ज्ञानप्रसाद मिश्रको उम्मेदवारी परेको छ।
प्रथम उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतिय उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल, महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी र कोषाध्यक्षमा विकास गौतमको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बलराम भट्टराईले जानकारी दिए।
१४ जना सदस्य कोटामा दावा शेर्पा, दिनेश खवास, रुपक घिमिरे, तेजबहादुर भट्टराई, दुुर्गाबहादुर पालुङ्वा, हिमाञ्चल तिम्सिना, भद्रवीर रेग्मी, विशाल गुरुङ, पुण्यप्रसाद आचार्य, लोचन भण्डारी, विकास हाङ्गाम, युवराज महतारा, मिना बराल र गायत्री भण्डारीको गरी १४ जनाकै उम्मेदवारी परेको समेत निर्वाचन समितिले जनाएको छ।
निर्वाचत सदस्य भित्रबाट अध्यक्षले कार्य समितिको परार्मशमा वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने प्रावधान रहेको छ। अध्यक्ष पदमा मात्र दोहोरी उम्मेदवारी परेपछि उम्मेदवारी फिर्ता लगायतको निर्वाचन कार्यक्रम बाँकी रहेकोले सहमतिको प्रयास भइरहेको बताइन्छ।
प्रकाशित: १२ फाल्गुन २०७८ १०:३३ बिहीबार