अर्थ

फ्रेसो क्यान्डी विज्ञापन अभियान फ्रेसो ब्रेथ सुरु

सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्शनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ।

यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा श्वास भनेर प्रचार गरिएको छ। फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा श्वास प्रदान गर्नुको साथै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो। फ्रेसो ब्रेथले किशोर र युवावर्ग बिचको रमाइलो र स्फूर्तिदायी क्षणहरू चित्रण गर्दछ। किशोर र युवावर्ग स्वभावैले चञ्चले र रमाइला हुन्छन्। फ्रेसो ब्रेथले युवा वर्ग बिचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ।

यस विज्ञापनका एक किशोरकिशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा श्वास तथा आत्मविश्वासको कारणले  किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ।

किशोर र युवाहरूलाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियामा, प्रसारण तथा सञ्चारका माध्यमहरू डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरू मार्फत राज्यभर विज्ञापन गरिएको छ।

फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभावशाली हिस्सा भएको क्यान्डी हो। फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेवर क्यान्डीले स्फूर्तिदायी श्वास प्रदान गर्दछ र साथसाथै ताजगी भरी श्वास र शीतलताको अनुभूति प्रदान गरी मुखलाई ताजापन दिन्छ।

आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्मविश्वास बढाउन पनि मद्दत गर्दछ।

फ्रेसो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनमध्ये एक हो। सुजल फुड्स प्रालि आइएसओ २२०००:२०१८ प्रमाणित कम्पनी लक्ष्मी समूहको सहायक कम्पनी ४८ वर्षदेखि सञ्चालनमा छ। फ्रेशो क्यान्डी कडा स्वच्छता नियमहरू र स्वास्थ्य मापदण्डहरू पछ्याएर अत्याधुनिक प्रविधिका साथ योग्य कन्फेक्शनर्सहरूद्वारा उत्पादन गरिन्छ।

फ्रेशो साथसाथै सुजल फुड्स प्रालिले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो क्रेभ इत्यादि पनि उत्पादन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०३:१३ बिहीबार

फ्रेसो ब्रेथ नेपाली मिन्ट क्यान्डी उद्योग