अर्थ

लुम्बिनीमा सिईको माया कम्प्लेक्स सुरु

सिई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स सुरु गरेको छ। माया डेभलपर्सले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सिई कन्सट्रक्सनले गरेको हो। 

कम्पनीले त्यहाँ आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने जनाएको छ। पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ। त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ एकाइ स्वतन्त्र आवास हुने बताइएको छ। ‘ओन योर ओन होम’ ट्याग लाइनमा परियोजना ल्याइएको र सबै सुविधाको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेका लागि यो परियोजना लक्षित रहेको कम्पनीको भनाइ छ।

माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र अन्य सुविधाहरू हुनेछन्। त्यहाँका लागि आधुनिक र परम्परागत लुकको संयोजनमा साढे दुई तले भवनको डिजाइन गरिएको र खरिदकर्ताले तीन प्रकारका डिजाइन प्रस्ताव गर्न सक्ने जनाइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०२:२५ सोमबार

सिई कन्स्ट्रक्सन प्रालि माया डेभलपर्स नयाँ प्रोजेक्ट