अर्थ

टाटा मोटर्सको नयाँ सोरूम बनेपामा

टाटा मोटर्सले काभ्रेको बनेपामा आफ्नो नयाँ सोरूम सञ्चालनमा ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्‍याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको जनाएको छ।

उक्त आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटोलाई डिलरसिप दिइएको छ। लक्ष्मीका सञ्चालक सेवक बुढाथोकी हुन्। बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो। योसँगै नेपालभर टाटा मोटर्सको आउटलेट संख्या १९ पुगेको छ। बनेपा आउटलेटबाट ग्राहकले टाटा मोटर्सका साना गाडीसम्बन्धी परामर्श, खरिद तथा एक्सचेंज सर्भिस जस्ता सुविधा लिन सक्ने बताइएको छ। उपभोक्ताले यहाँबाट दक्ष प्राविधिक मार्फत गुणस्तरीय सेवा र गाडीको जेनुइन पार्टपुर्जा सहजै पाउने कम्पनीको भनाइ छ।

यो आउटलेटबाट बनेपा लगायत आसपासका उपभोक्ता लाभान्वित हुनेमा कम्पनीले जनाएको छ। हालसम्म टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रूपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुनसरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँका आउटलेटबाट ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०१:५९ सोमबार

टाटा मोटर्स सिप्रदी ट्रेडिङ प्रालि जेनुइन पार्टपुर्जा