अर्थ

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर सहयोग गरेको जनाएको छ। हाल बैंकले एक सय ११ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०५:०६ आइतबार

राष्ट्रिय आविष्कार केन्द्र ज्योति विकास बैंक बेबी वार्मर सहयोग