अर्थ

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले दुई थान अफिस टेबल, एक थान अफिस स्टिल दराज, दुई थान सोफाकुर्सी, पाँच थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको हो। उक्त शाखाका इन्चार्ज जगुराम डगौराले संघका अध्यक्ष नेपालु चौधरीलाई उक्त समाग्री हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:२४ शुक्रबार

महालक्ष्मी विकास बैंक कैलारी उद्योग वाणिज्य संघ हसुलिया शाखा